कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

क्रिकेटर सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा

काठमाडौँ — अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको ट्वान्टी-२० विश्वकपमा खेल्न जान अमेरिकी भिसा निवेदन दिएका थिए । बुधबार सामाजिक सञ्जाल एक्समा लामिछानेले आफूले भिसा नपाएको जानकारी दिएका छन् ।

क्रिकेटर सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा

सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन । फेरि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर अमेरिकाले भिसा दिएको थियो ।

उनले आफूले भिसा नपाएसँगै नेपाली क्रिकेट समर्थकसँग क्षमा मागेका छन् ।

लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई ट्वान्टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा सहभागी गराएको थियो ।

ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । नेपालले पहिलो खेल जुन ४ (२२ जेठ) मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ।

क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका बारेमा अमेरिकी दूतावासको भनाइ

संयुक्त राज्य अमेरिकामा आयोजना हुने टि-ट्वेन्टि विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज, को सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए । आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई हाम्रो शुभकामना छ ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेका छन् ।

अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ ।

प्रकाशित : जेष्ठ ९, २०८१ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?