कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

विराटनगरलाई हराउँदै कन्काई सेमिफाइनलमा 

विराटनगर — घरेलु टिम  टिडब्ल्यु विराटनगरलाई २–१ गोलले पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब झापा चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । 

विराटनगरलाई हराउँदै कन्काई सेमिफाइनलमा 

विराटनगर जुटमिलस्थित खेलमैदानमा आइतबार भएको खेलमा कन्काईका लागि दुवै गोल सन्दिप रसाईलीले गरेका थिए । उनी खेलको प्लयेर अफ द म्याच समेत घोषित भए । कन्काईले फाइनल प्रवेशका लागि एपीएफको सामना गर्ने छ ।

खेलमा सुरुवाती अग्रता भने आशिष राईको गोल मार्फत विराटनगरले लिएको थियो । खेलको २७ औँ मिनेटमा झापाली डिफेन्सको खुट्टामा लागेर डिबक्समा रिवाउण्ड भएको बललाई आशिषले पोष्टको दिशा दिएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको कन्काईले दोस्रो हाफमा आक्रमक खेल पस्किँदै ५० औं मिनेटमा खेलमा फर्केको थियो । उसकालागि सन्दिप रसाइलीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेल सकिन दुई मिनेट बाँकी रहँदा रसाइलीले पेनाल्टी मार्फत गोल गर्दै टिमको जित निश्चित गरेका थिए ।

सोमबारको अन्तिम क्वारटफाइनल खेल कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब गोलबजारबीच हुनेछ ।

प्रकाशित : वैशाख ९, २०८१ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?