कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

आईपीएल २०२४ : अर्को ठूलो स्कोरसँगै हैदरावाद विजयी

एजेन्सी

नयाँ दिल्ली — अस्ट्रेलियाका ट्रेभिस हेडले ३२ बलमा ८९ रन बनाएपछि सनराइज हैदरावादले शनिबार आईपीएल २०२४ मा सात विकेट गुमाएर २ सय ६६ रनको अर्को ठूलो स्कोर बनाएको छ र दिल्ली क्यापिटल्समाथि ६७ रनको सजिलो जित हात पारेको छ ।

आईपीएल २०२४ : अर्को ठूलो स्कोरसँगै हैदरावाद विजयी

यसअघि २ सय ७७ र २ सय ८७ रनको स्कोर खडा गर्दै यसै सिजन नयाँ कीर्तिमान बनाएको हैदरावादसामु जवाफी इनिङ्समा दिल्ली १९.१ ओभरमा १ सय ९९ रन बनाएर अलआउट भयो । हैदरवादका टी नटराजनले १९ रनमा चार विकेट लिएर प्रभावशाली प्रदर्शन गरे ।

‘प्लेयर अफ द म्याच’ हेडले ३२ बलको इनिङ्समा ११ चौका र छ छक्का प्रहार गरे । उनले ४६ रन बनाएका अभिषेक शर्मासँग मिलेर पहिलो विकेटका लागि ६.२ ओभरभित्र १ सय ३१ रनको साझेदारी गरेका थिए ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?