१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गुजरातको कमजोर ब्याटिङमा दिल्ली विजयी

काठमाडौँ — दिल्ली क्यापिटल्सले आईपीएल-२०२४ मा बुधबार गुजरात टाइटन्सलाई सजिलै ६ विकेटले पराजित गरेको छ । ब्याटबाट गुजरातले कमजोर प्रदर्शन गरेपछि यो जित सम्भव भएको हो ।

गुजरातको कमजोर ब्याटिङमा दिल्ली विजयी

पहिले ब्याटिङ गरेको गुजरात १७.३ ओभरभित्र ८९ रनमै अलआउट भएको थियो । प्रतियोगितामा गुजरातको यो अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो । रसिद खानको ३१ रन नै सर्वाधिक ठूलो स्कार रह्यो ।

जवाफमा दिल्लीले ८.५ ओभरभित्र चार विकेट गुमाएर ९२ रन बनायो । दिल्लीको यो तेस्रो जित हो र ६ अंकसहिच टिम छैटौं स्थानमा उक्लेको छ । गुजरात भने सातौं स्थानमा रह्यो । उसको पनि ६ अंक छ ।

प्रकाशित : वैशाख ६, २०८१ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?