कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

यशको उत्कृष्ट बलिङमा लखनऊ विजयी

काठमाडौँ — भारतीय सिमर यश ठाकुरले पहिलो पटक पाँच विकेटको उत्कृष्ट प्रदर्शन गरेपछि लखनऊ सुपर जायन्ट्सले आइतबार  गुजरात सुपर जायन्ट्सलाई ३३ रनले पराजित गरेको छ । यशले ३० रन खर्चेर पाँच विकेट लिए र जितका लागि १ सय ६४ गुजरात १ सय ३० रनमै समेटियो ।

यशको उत्कृष्ट बलिङमा लखनऊ विजयी

अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका २५ वर्षीय ठाकुरले १९ औं ओभरमा अन्तिम दुई विकेट लिए र लखनऊ गुजरातमाथि पाँचौं प्रयासमा पहिलो जित निकाल्न सफल रह्यो । पहिले ब्याटिङ गरेको लखनऊका लागि मार्कस स्टोइनसले ५८ रन बनाए र टिमले पाँच विकेटमा १ सय ६३ रनको स्कोर खडा गरेको थियो ।

ट्वान्टी-२० क्रिकेटमा यो अपेक्षा भन्दा कमजोर स्कोर नै थियो । तर लखनउका बलरले यसलाई सजिलै रक्षा गरे । क्रुनाल पान्ड्याले पनि उत्तिकै राम्रो बलिङ गरे र तीन विकेट लिए । चार खेलमा लगातार तेस्रो जित निकाल्दै लखनऊ अंक तालिकाको शीर्ष तीनमा उक्लेको छ । गुजरात भने चार अंकमै सीमित रह्यो ।


प्रकाशित : चैत्र २६, २०८० ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?