कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

भीमनारायण गोल्ड कप बैशाख २३ देखि, गत वर्षको आयव्यय सार्वजनिक

धनकुटा — शहीद भीमनारायण गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न भएको एक वर्षपछि बल्ल आयव्यय सार्वजनिक गरिएको छ । २०८० बैशाखमा सञ्चालन गरिएको प्रतियोगिताबारे आयोजकले वर्षको अन्तिम साता सोमबार पत्रकार सम्मेलनमार्फत आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगिताको १६ औं संस्करण भने आगामी बैशाख २३ गतेदेखि सञ्चालन हुने भएको छ ।

भीमनारायण गोल्ड कप बैशाख २३ देखि, गत वर्षको आयव्यय सार्वजनिक

१५ औं संस्करणको उक्त गोल्डकपमा आम्दानी ३५ लाख ८१ हजार ८ सय रुपैयाँ भएको प्रतियोगिताको आयोजक संस्था शहीद भीमनारायण स्मृती प्रतिष्ठान धनकुटाले जनाएको छ । यस्तै, ३३ लाख ८६ हजार ४ सय ६६ रुपैयाँ खर्च भएको प्रतियोगिताका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

अघिल्लो वर्ष १ लाख ९५ हजार ३ सय ३४ रुपैयाँ बचत भएको उनले बताए । प्रतियोगिता सञ्चालन गर्न जिल्लास्थित पालिकाहरुबाट अपेक्षाकृत सहयोग हुन नसकेको संयोजक प्रधानले बताए । प्रतियोगितामा पुरस्कार तथा खेल आयोजनाका लागि व्यक्ति तथा संस्थाबाट समयमा रकम प्राप्त नभएकाले आयव्यय सार्वजनिक गर्न ढिलाइ भएको आयोजक प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

'खेलकूदप्रति पालिकाको चासो कम हुँदै गएकोले हामीले अपेक्षा गरे भन्दा ज्यादै न्युन मात्र सहयोग प्राप्त हुने गर्छ,' प्रधानले भने, 'जिल्लाको सबैभन्दा प्रतिष्ठित खेल सञ्चालन गर्न पालिकाहरुबाट आर्थिक सहयोगमा चासो जाने गरेको छैन ।' २०५५ सालदेखि सञ्चालन हुँदै आएको

प्रतियोगिताको गत वर्ष १५ औं संस्करण सम्पन्न भएको थियो । गत वर्ष नेपाल र भारतका गरी आठ समुहको सहभागिता थियो ।

यसवर्ष प्रतियोगितामा सहभागिताका लागि आयोजक धनकुटा, सुनसरी, मोरङ्, झापा, एपीएफ, एनआरटी, मछिन्द्र, सिरहा लगायत फुटबल क्लबसँग समन्वय भइरहेको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

अघिल्लो वर्षका विजेतालाई पाँच लाख र उपविजेताका लागि २ लाख ५० हजार नगद पुरस्कार रहेकोमा यस वर्ष वृद्धि गरिने आयोजकले जनाएको छ । तर, वृद्धि गरिने रकमबारे आयोजकले खुलाउन चाहेन । पत्रकार भेलामा शहीद भीमनारायण स्मृती प्रतिष्ठानका संरक्षक तथा शहीद पुत्र मनोहरनारायण श्रेष्ठले प्रतियोगिता सञ्चालन गर्न अक्षय कोष खडा गर्ने योजना रहेको बताए ।

प्रकाशित : चैत्र २६, २०८० १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?