कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

बक्रकुण्ड गोल्ड कप फुटबलको उपाधि सुनसरीलाई

धनकुटा — धनकुटाको हिलेमा सञ्चालित बक्रकुण्ड गोल्ड कप फुटबलको तेस्रो संस्करणको उपाधि सुनसरीले जित हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै जित हात पारेको हो ।

बक्रकुण्ड गोल्ड कप फुटबलको उपाधि सुनसरीलाई

निर्धारीत समयमा दुवै तर्फबाट दुई दुई गोल भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले सुनसरीले इलामलाई पराजित गर्‍यो । पेनाल्टीका क्रममा इलामका एक खेलाडीको प्रहार गोल पोष्टबाट बाहिरिएपछि इलाम पराजित हुन पुग्यो ।

प्रतियोगिताको बिजेता टिम सुनसरीले उपाधि सहित नगद एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता इलामले नगद ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिता हिलेस्थित धार्मिक पर्यटकीयस्थल बक्रकुण्ड धामको नाममा तीन बर्ष अघिदेखि सञ्चालन भएको आयोजकले जनायो ।

हिले फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । गत २३ गतेबाट सञ्चालन भएको प्रतियोगितामा धनकुटासहित कोशी प्रदेशको मोरङ, सुनसरी, झापा, इलाम, संखुवासभा, तेह्रथुम र मधेश प्रदेशको सप्तरी जिल्लाको सहभागिता रहेको आयोजक समितिका सचिव अर्जुन शाहीले जानकारी दिए ।

प्रकाशित : चैत्र २६, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?