२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

इन्डो–नेपाल क्रिकेट : दुवै भारतीय टोली विजयी

चितवन — भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा शनिबार भारतका दुवै टिम लखनउको पीएसआर ग्रुप र कोलकाताको तालतला इन्स्टिटाइट विजयी भएका छन् । रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लखनउले लगातार दोस्रो जित निकाल्यो ।

इन्डो–नेपाल क्रिकेट : दुवै भारतीय टोली विजयी

लखनउले वाग्मती प्रदेशलाई १०२ रनले हराएको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको वाग्मती ११.१ ओभरमा ६६ रनमै अलआउट भयो । वाग्मती विपिन आचार्यले ३० रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरे । अभिषेक कोइरालाले २१ रन बनाए । लखनउका अर्पित शुक्लाले ४ विकेट लिए । मोहम्मद सरिमले ४ विकेट र प्रिन्स शाहीले २ विकेट लिए ।

लखनउले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाई १ सय ६८ रन बनायो । लखनउका सहिम हसनले ५८ रन जोडे । ४२ बल खेलेका हसनले ५ चौका र ३ छक्का प्रहार गरे । निखिल राव २७ र शुभम चौधरीले १९ रन बनाए । वाग्मतीका मनोज यादव र इशान पाण्डेले समान २ तथा तिलकराज भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए ।

दोस्रो खेलमा कोलकाताको तालतला इन्स्टिटाइटले तीन विकेटले जित निकाल्यो । मधेश प्रदेशले दिएको १ सय ७७ रनको लक्ष्य कोलकता १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाता प्रशान्त श्रीवास्तवले ५५ रन जोडे । विकास चौधरीले २८ र सन्दीप गुप्ताले २४ रन बनाए ।

मधेशका भुलन सहनी र अभिषेक तिवारीले समान दुई विकेट लिए । विशाल पटेलले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाई १ सय ७६ रन बनायो । मधेशका अभिषेक तिवारीले ४३, विशाल सुस्लिङले ३८ र राहुल मण्डलले ३६ रन बनाए । कोलकाताका मिलन यादव र विजय यादवले समान ३ विकेट लिए । सौरभ यादवले एक विकेट लिए ।

प्रकाशित : चैत्र १०, २०८० २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?