१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

कबड्डी फाइनलमा आर्मी र एपीएफ भिड्ने

काठमाडौँ — नेपाल आर्मी र एपीएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषमा बिहीबार फाइनल पुगेका छन् ।

नारी दिवसको अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको राउन्ड रोबिन लिगमा आर्मी विजेता र एपीएफ उपविजेता बन्दै फाइनल पुगे । आर्मीले ४ र एपीएफले २ अंक जोडेका थिए ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत महिला राउन्ड रोविन लिगमा नेपाल पुलिस ४ अंकसाथ शीर्षस्थानमा रहेर फाइनल पुग्यो । फाइनलमा पुलिसको भेट एपीएफसँग हुनेछ । २ अंक जोडेको एपीएफ उपविजेता हुँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

प्रकाशित : फाल्गुन २४, २०८० २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?