कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

नवीन पौडेल

नवलपुर — गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पुर्वी नवलपरासीको कावासोतीमा शुक्रबारदेखि भइरहेको प्रतियोगिताको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उट्घाटन गरिन् ।

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले खेल र खेलाडीमार्फत् प्रदेश र देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन प्रदेश सरकारले प्रयास गरिरहेको दाबी गरिन् । उनले सरकारले खेलाडी र अफिसियलहरुलाई जीविकोपार्जनका लागि सुविधा दिने गरेर कार्ययोजना बनाउन लागिरहेको जानकारी समेत दिइन् ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबलसहित ६ वटा खेलका लागि ११ जिल्लाबाट १ हजार १ सय भन्दाबढी खेलाडी कावासोती आइपुगेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०८० १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?