कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

शुक्लाफाँटा नगरपालिका च्याम्पियन

चित्रांग थापा

महेन्द्रनगर — कञ्चनपुर जिल्ला क्रिकेट संघले गरेको तेस्रो पालिकास्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा दोधारा चाँदनी नगरपालिकालाई सुपर ओभरमा पराजित गरी शुक्लाफाँटा नगरपालिका टिम प्रतियोगिताको च्याम्पियन बनेको हो ।

शुक्लाफाँटा नगरपालिका च्याम्पियन

जितसँगै शुक्लाफाँटा नगरपालिका टिमले १ लाख १ हजार पुरस्कार राशी तथा उपबिजेता दोधारा चाँदनीले ५१ हजार रुपैयाँ नगद प्राप्त गरे । टस जितेर व्याटिङ गरेको शुक्लाफाँटाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।

शुक्लाफाँटाका तर्फबाट बिशाल ऐरले २४ र कैलाश ऐरले २८ रन बनाए । दोधारा चाॅदनीका बलर प्रकाश थापाले सर्वाधिक ३ विकेट लिए । १२५ रनको लक्ष्य पछ्याउदै व्याटिङमा उत्रेको दोधारा चाॅदनीेले १९.४ ओभरमा पुरै विकेट गुमाउँदै १२४ रन मात्र बनाएपछि खेल बराबरीमा पुगेको हो ।

दोधारा चाॅदनीका निश्चल केसीले ३४ र साजन बिटालुले ३० रनको योगदान गरे पनि जितका लागि १ रन कम भएर खेल बराबरीमा टाई हुन पुगेको अवस्थालाइ टार्न सकेनन । बलिंङ तर्फ शुक्लाफाँटाका सुरज तिरुवा र भरत चन्दले समान २/२ विकेट लिए ।

सुपर ओभरमा दोधारा चाँदनीले ५ रन मात्र बनाउन सक्यो भने शुक्लाफाँटाले ९ रन बनाएर प्रतियोगितामा जित हात पारेको हो । प्रतियोगितामा कञ्चनपुरका ९ स्थानीय पालिकाहरुमध्ये भीमदत्त, दोधारा चाॅदनी, शुक्लाफाँटा, बेदकोट, पुनर्वास नगरपालिका तथा बेलडांडी गाविससमेत ७ टिमको सहभागिता रहेको थियो ।

प्रतयोगितामा शुक्लाफाँटा नगरपालिका टिमका सुरज तिरुवा प्लेयर अफ द म्याच घोषित भए । यस्तै, उत्कृष्ट बलरमा भीमदत्तका वीरेन्द्र बम इमर्जिङ प्लेयर बेलडाडी गाउॅपालिकाका पुकार चन्द, उत्कृष्ट व्याटर शुक्लाफाॅटाका बिशाल ऐर तथा प्रतियोगिताका उत्कृष्ट खेलाडी भीमदत्त नगरपालिकाका मिलन बोहरा घोषित भए ।

प्रकाशित : फाल्गुन ५, २०८० २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?