१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

किसुनजी स्मृति हाफ म्याराथन चैतमा

काठमाडौँ — नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशको आयोजनामा तेस्रो किसुनजी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत १७ गते हुने भएको छ ।

किसुनजी स्मृति हाफ म्याराथन चैतमा

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष दीपक गुरुङले बताए ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा हुने म्याराथन गल्फुटारबाट सुरु भई पुनः त्यही पुगेर टुंगिने छ ।

‘रन फर फन’ अन्तर्गत विद्यार्थीलगायतको ५ किलोमिटर दौड हुनेछ । उक्त दौडमा पुरुष/महिलातर्फ पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउने छन् ।

म्याराथनको समापन समारोहमा खेल क्षेत्रमा योगदान दिने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : माघ १७, २०८० २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?