कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

वीरगन्ज गोल्डकप : पुलिसले कोलकातालाई ७-१ ले हरायो 

भूषण यादव

वीरगन्ज — प्रताप गुरुङको सानदार प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको क्वार्टरफाइनलमा भारत कोलकताको क्लाइभ हाउस दमदम फुटबल क्लबलाई ठूलो अन्तरले पराजित गरेको छ ।

वीरगन्ज गोल्डकप : पुलिसले कोलकातालाई ७-१ ले हरायो 

वीरगन्जको आदर्शनगर रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले क्लाई हाउस कोलकातालाई १ का विरुद्ध ७ गोलले पराजित गरेको हो । जितसँगै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । कात्तिक २२ मा खेलिने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान्स सिटी क्लब वीरगन्जको सामना गर्ने भएको छ ।

क्लाइभ हाउस कोलकाता विरुद्ध ५ गोल गरेका प्रताप गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए । प्रथम वीरगन्ज गोल्डकपको आयोजक भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शमशेर राणाले गुरुङलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए । खेलको सुरुदेखि नै हाबी देखिएको नेपाल पुलिस क्लबले पहिलो हाफमै ५ गोलको अग्रता कायम गरेको थियो । खेलको २३औँ मिनेटमा प्रविन थापाको पासमा गोल गर्न सफल भएका प्रताप गुरुङले पहिलो हाफमा कूल ३ गोल गरे । विवेक सन्तोषी र प्रविन थापाले पनि पहिलो हाफमा एक/एक गोल गरेका थिए ।

दोस्रो हाफमा पनि नेपाली पुलिस क्लबले आक्रमकता कायमै राखेको थियो । प्रताप गुरुङले दोस्रो हाफको १६औँ र १७औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिम समयमा डिबक्समा पुलिसका खेलाडीले फल खेलेपछि क्लाइभ हाउस कोलकाताले पेनाल्टी पाएको थियो । अमन मुन्सीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । ७ गोल खाएको क्लाइभ हाउस कोलकाताले एक गोल मात्र फर्काउन सकेको थियो ।

मंगलबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र झापा फुटबल क्लबबीच हुने आयोजकले जनाएका छन् । मधेशकै उच्च धनराशि पुरस्कार राखिएको प्रथम वीरगन्ज गोल्डकपमा भारतका २ र नेपालका ६ गरी कूल ८ वटा टिमले प्रतिस्पर्धा गरेका छन् । विजेता टिमले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशि पाउने छन् ।

प्रकाशित : कार्तिक २०, २०८० १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?