१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

बेलबारी गोल्डकप : उपाधिका लागि विर्तामोड र ब्रिगेड ब्वाईज भिड्ने

विनोद भण्डारी

विराटनगर — विर्तामोड युथ क्लब झापा छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रबार लक्ष्मीमार्ग खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा झापाले सहलेश युथ क्लब सिरहालाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि यात्रा तय गरेको हो ।

बेलबारी गोल्डकप : उपाधिका लागि विर्तामोड र ब्रिगेड ब्वाईज भिड्ने

झापाले उपाधिका लागि शनिबार ब्रिगेड ब्वाईजको सामना गर्ने छ ।

सिरहाले खेलको १९ औं मिनेटमा लिएको अग्रतालाई संरक्षण गर्न नसक्दा खेल टाईब्रेकर र सडनडेथमा धकेलिँदा उसको उपाधि यात्रामा पूर्णविराम लागेको हो ।

निर्धारित समयमा १–१ र टाईब्रेकरमा ३–३ गोलको बराबरी खेल खेल्दा खेलको निर्णय सडनडेथमा धकेलिएको थियो । सडनडेथमा झापाका जीवन गुरुङको प्रहार निर्णायक बन्दा टिमले उपाधि यात्रा तय गर्‍यो भने सिरहाका कोमल खवासको प्रहार पोष्ट बाहिर जाँदा टिम घर फर्कन बाध्य बन्यो ।

खेलको म्यान अफ द म्याच झापाका आशीष चापागाईं भए । प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ । यो प्रतियोगिताको पाँचौ संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको थियो ।

प्रकाशित : कार्तिक ३, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?