कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

नवआशिष र थाम्सुहाङ च्याम्पियन

पाँचथर — परम्परागत भदौरे मेलाको अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–८ आकाशेमा आयोजित फुटबल प्रतियोगितामा पुरुषतर्फ थाम्सुहाङ सेवा समाज सुर्केनाँगी विजेता भएको छ । बिहीबार फाइनलमा टोलीले चोम्जोलुङ सेवा समाजलाई ६–२ गोलको हराएको हो ।

नवआशिष र थाम्सुहाङ च्याम्पियन

अरमफुङ टोल विकास समितीद्वारा आयोजित प्रतियोगिताको थाम्सुहाङले ६५ हजार र उपविजेता चोम्जोलुङले ४० हजार रुपैयाँ पुरस्कार पाए । महिलातर्फको उपाधि सहारा मञ्च फालेलुङ २ ले जितेको छ । फाइनलमा सहाराले बुधबार नवआशिष मञ्च फिदिम–१३ लाई टाइब्रेकरमा ५–४ ले पराजित हराएको हो ।

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो । विजेताले २० हजार र नवआशिषले१० हजार रुपैयाँमा पुरस्कार पाए । पुरुषतर्फ ३८ टिम र महिलातर्फ ५ टिमले भाग लिएका थिए । विजेतालाई फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङ र उपाध्यक्ष महेन्द्रहाङ जबेगूले पुरस्कृत गरे । प्रतियोगिता ज्ञानज्योति आधारभूत विद्यालयको मैदानमा भएको हो ।

प्रकाशित : भाद्र ७, २०८० २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?