१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

नेपाल–भारत मैत्री बक्सिङ

काठमाडौँ — नेपालका ‘ए’ टिमका महिला तथा पुरुष बक्सिङ खेलाडी र भारत पन्जाबका खेलाडीबीच एकदिने मैत्रीपूर्ण खेल पोखरा रंगशालामा भएको छ ।

नेपाल–भारत मैत्री बक्सिङ

१२ तौल समूहमा भएका खेलमा पुरुष ५१ केजी तौल समूहका नेपालका रविन थापाले पन्जाबका शुभम पाण्डेलाई २ः१ अंकका आधारमा पराजित गरे । ५७ केजी तौलमा नेपालका भूपेन्द्र थापामगरले पन्जाबका विनय रौनियालाई ३ः० को आधारमा हराए ।

७१ केजीमा पन्जाबका जसन प्रितले नेपालका दिपेश लामालाई ३ः० को युनानिमस डिसिजनमा हराए । त्यस्तै ८० केजी तौलमा दीपक श्रेष्ठले मुस्तफा हनितलाई ३ः० को आधारमा पराजित गरे भने ९२ केजीमा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीका आधारमा हराए । ९२ केजीभन्दा माथि नेपालका आशिष दुवाडीले भारतका केपी सिंहलाई ३ः० ले पराजित गरे ।

महिलातर्फ ५० केजी तौल समूहमा सुष्मा तामाङले पन्जाबकी कोमल लाई ३ः० को युनानिमसको आधारमा हराइन् । ५४ केजीमा नेपालकी मीनु गुरुङले पन्जाबकी अरिवालाई २ः१ को स्पिलिट डिसिजनमा पराजित गरिन् । ५७ केजीमा नेपालकी चन्द्रकला थापाले पन्जाबकी मनित र ६० केजीमा पन्जाबकी मन्दीप कौरले नेपालकी संगीता सुनारलाई समान ३ः० ले पराजित गरे । ६६ केजी तौलमा पन्जाबकी कोमल प्रितले नेपालकी विनिता थापामगरलाई २ः१ ले पराजित गरिन् ।

प्रकाशित : श्रावण ६, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?