कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्रिम र साहसको अग्रता

काठमाडौँ — अन्नपूर्ण राष्ट्रियव्यापी विद्यालयस्तरीय चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ । पहिलो दिन छात्रको यू–९ मा सूर्योदय माविका अग्रिम सैंजु र माछापुच्छ्र्रे माविका साहस श्रेष्ठ समान ४ अंकसहित शीर्षस्थानमा छन् । पुष्पसदनका लियोन महर्जन र हार्दिक पन्तको ३ अंक छ ।

अग्रिम र साहसको अग्रता

छात्रा यू–९ मा आयोजक अन्नपूर्णकी ओजस्वी श्रेष्ठ ३ अंकसहित शीर्षस्थानमा छिन् । प्रतियोगिताको १८ औं संस्करणमा ५० विद्यालयका २ सय ९० खेलाडीको सहभागिता छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्नेलाई नेपालको प्रतिनिधित्व गर्दै एसियाली चेसमा सहभागिता गराइने छ ।

प्रकाशित : जेष्ठ २६, २०८० २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?