कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बास्केटबलमा बीएमसीए विजयी

काठमाडौँ — आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘बी’ बुधबार प्रथम बीएमसीए कप अन्तरस्कुल बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी भएको छ ।

बास्केटबलमा बीएमसीए विजयी

सिनियर गर्ल्समा पनि बीएमसीए विजयी भयो । जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो ।

बूढानीलकण्ठ नगरपालिका–२ रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ ले सेन्ट जेभियर्सलाई २४–१७ स्कोरले पराजित गर्दा सुजन तामाङले १४ स्कोर जोडे ।

सिनियर ब्वाइजमै हिमालयन किङडमले मञ्जरीलाई २४–१४ ले, सेन्ट जोसेफले मनास्लुलाई ३८–२८ ले र स्कोलर्स होमले टेरेसा एकेडेमीलाई ३४–२५ स्कोरले हराए । हिमालयनका मिङ्मारले ११, सेन्ट जोसेफका इशान राईले ८ र स्कोलर्स होमका न्हुजा महर्जनले ९ स्कोर जोडे ।

गर्ल्समा सेन्ट जोसेफले मनास्लुलाई १७–११ ले, बीएमसीएले भद्रकालीलाई १९–१४ ले र टेरेसाले सेन्ट जेभियर्सलाई १४–१० ले हराए । जोसेफकी प्रीतिमा गुरुङले ६, बीएमसीएकी लक्ष्मी तामाङले ९ र टेरेसाकी अञ्जली श्रेष्ठले ५ स्कोर गरे ।

जुनियर ब्वाइजमा बीएमसीएले भद्रकालीलाई १७–१३ स्कोरले हरायो । विजेताका सन्देश तामाङले ७ स्कोर बटुले । सेन्ट जोसेफले बीएमसीएलाई १८–११ ले पराजित गर्दा सन्जोग मगरले ६ स्कोर गरे ।

प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ र बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर उद्धवप्रसाद खरेलले संयुक्त उद्घाटन गरे ।


प्रकाशित : जेष्ठ १७, २०८० २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?