कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर हाफ म्याराथन : कलेज रनको उपाधि पुकार र सुसनलाई

काठमाडौँ — पुकारजंग बस्नेत र सुसन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रनतर्फको उपाधि जितेका छन् । ११औं संस्करणअन्तर्गत कलेज रनतर्फको निर्धारित ७ किलोमिटर दूरी बस्नेतले २४ मिनेट ४७ सेकेन्डमा पूरा गरेका हुन् ।

कान्तिपुर हाफ म्याराथन : कलेज रनको उपाधि पुकार र सुसनलाई

त्यस्तै कार्कीले निर्धारित दूरी २७ मिनेट २९ सेकेन्ड ५६ मिलिसेकेन्डमा पूरा गरेकी हुन् ।

पुरुषतर्फ २४ मिनेट ५३ सेकेन्डको टाइमिङ निकाल्दै राम बुढा मगर दोस्रो भए । त्यस्तै २५ मिनेट ३० सेकन्डको टाइम निकाल्नै समिप राई थुलुङ तेस्रो भए ।

कलेज रनको महिलातर्फ निशाम हाङ सुब्बाले ३४ मिनेट ७ सेकेन्ड ५० मिलिसेकेन्डको टाइमिङ निकाल्दै दोस्रो भइन् । त्यस्तै मिनिशा पन्तले ३४ मिनेट १८ सेकेन्डको टाइमिङ निकाल्दै तेस्रो भइन् ।

कलेज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् ।

तस्बिरहरू : केशव थापा/कान्तिपुर

प्रकाशित : जेष्ठ ६, २०८० ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?