कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यशस्वीको कीर्तिमान अर्धशतक

एएफपी

कोलकाता — यशस्वी जैसवालले इन्डियन प्रिमियर लिगको इतिहासमै सबैभन्दा तीव्र गतिमा अर्धशतक बनाएपछि राजस्थान रोयल्सले बिहीबार कोलकाता नाइटराइडर्सलाई सजिलै नौ विकेटले हराएको छ । उनले ६ चौका र ३ छक्का प्रहार गर्दै १३ बलमै अर्धशतक पूरा गरे ।

यशस्वीको कीर्तिमान अर्धशतक

त्यसअघि केएल राहुल र प्याट कमिन्सको नाममा १४ बलमा ५० रनको कीर्तिमान थियो । यशस्वी ९८ रन बनाएर नटआउट रहँदै राजस्थानले १ सय ५० रनको लक्ष्य ४१ बलको खेल बाँकी छँदै पूरा गर्‍यो ।

राजस्थानका लागि अर्का नटआउट ब्याटर सन्जु सामसनले ४८ रन बनाए भने टिमले एक विकेटमा १ सय ५१ रन बनायो । त्यस अगाडि कोलकाताले आठ विकेटमा १ सय ४९ रन बनाएको थियो ।

प्रकाशित : वैशाख २९, २०८० ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?