कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५
एसीसी प्रिमियर कप क्रिकेट

नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ — एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार हुन लागेको यो फाइनल विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्न पाउने छ ।

नेपाल टस जितेर फिल्डिङ गर्दै

सेमिफाइनलमा विजयको नजिक पुगेर वर्षाले रोकिएपछि ओमान शनिबार मूलपानीमा यूएईसँग स्तब्ध भएको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनलमा पनि नतिजा आएको थिएन, जसका कारण माथिल्लो वरीयताका आधारमा नेपाल फाइनल पुगेको थियो ।

नेपाल र यूएईबीच हुने सोमबारको फाइनल पछिल्लो ६ महिनामा खेल्न लागेको आठौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । नोभेम्बरमा नेपालले घरेलु मैदानमा यूएईसँगको तीन खेलको शृंखला २–१ ले जितेको थियो । गएको महिना नेपालले यूएईसँग विश्वकप लिग २ मा चार खेल खेल्यो । दुबईमा भएको खेलमा नेपालले एकमा विजय हात पार्‍यो भने एकमा पराजय भोग्यो । त्यसको लगत्तै यी दुई टोली काठमाडौं आएर खेल्दा नेपालले दुवै खेलमा यूएईलाई पराजित गर्‍यो ।

पछिल्लो तीन महिनामा नेपाल उत्कृष्ट लयमा रहेको छ । नेपालले १७ मध्येको १५ खेल जितेको छ । त्यसमा एकमात्र पराजय यूएईसँग नै रहेको छ । दुबईमा लिग २ को पहिलो खेलमा यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।

सोमबारको फाइनलले नेपाल र यूएईबीचको निरन्तर प्रतिद्वन्द्वीतालाई नवीकरण गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा पुग्न सकेको छैन भने यूएईले २००४ र २००८ मा गरी दुई पटक छनोट भएर एसिया कप खेलेको छ । आईसीसीको प्रतियोगितामा राम्रो नतिजा दिँदै आए पनि एसिया कपको छनोट आधार रहेको प्रतियोगिताहरूमा नेपाल निर्णायक मौकामा चुक्ने गरेको थियो ।

प्रकाशित : वैशाख १८, २०८० ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?