कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गणेशमान राष्ट्रिय बक्सिङ : सुदूरपश्चिमका भरत सेमिफाइनलमा

काठमाडौँ — सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त दाहाल बिहीबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

गणेशमान राष्ट्रिय बक्सिङ : सुदूरपश्चिमका भरत सेमिफाइनलमा

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ७१ केजी तौल समूहमा भरतले एपीएफका झलक रोका, निशानले पुलिसका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास रानामगरलाई पराजित गरेका छन् ।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनीष बीसी, कर्णाली प्रदेशका दर्शन घर्तीमगरले सुदूरपश्चिमका बालाजी रावल र वाग्मती प्रदेशका मनोज तामाङले कोशीका सनम गुरुङलाई हराएर सेमिफाइनल सुरक्षित गरे ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ९२ केजीमा वाग्मतीका उमंग महर्जनले लुम्बिनीका सुजन थापामगरलाई हराएर सेमिफाइनलमा स्थान बनाए । यसै स्पर्धामा गण्डकीका मुन्ना गुरुङले कोशीका इशक जनक शाही र सुदूरपश्चिमका ललित भट्टले कर्णालीका प्रकाशकुमार विष्टबाट वाकओभर सेमिफाइनलमा स्थान बनाए ।

महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित रच्दै सेमिफाइनलमा पुगिन् । ६० केजीमा वाग्मतीकी हेमा राईले सुदूरपश्चिमकी सन्जिता चौधरी र एपीएफकी संगीता सुनुवारले कोशीकी सुस्मिता राईलाई हराएर सेमिफाइनल तय गरे । ६६ केजीमा गण्डकीकी जोशिका श्रेष्ठ कर्णालीकी अस्मिता चन्दलाई हराउँदै सेमिफाइ

प्रकाशित : चैत्र २३, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?