ललित र दीपेश सम्मानित

विराटनगर — विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको छ ।
महानगर प्रमुख नागेश कोइरालाले खेलाडीद्वयलाई १ लाख १ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । दुवै विराटनगरका स्थानीय हुन । उनीहरूले क्रिकेटका माध्यमबाट मुलुकको नाम उच्च राखेको भन्दै महानगरले सम्मान गरेको हो ।
विश्वकप लिग २ बाट नेपाली राष्ट्रिय क्रिकेट विश्वकप ग्लोबल क्वालिफायरमा छनोट भएपछि उनीहरूलाई सम्मान गर्ने विराटनगर महागरले घोषणा गरेको थियो ।
प्रकाशित : चैत्र १७, २०७९ २२:३१