२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

सुजलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सुजल श्रेष्ठले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने यो नै उपयुक्त समय भएको बताएका छन् । पूर्वकप्तानसमेत रहेका सुजलले नेपालका लागि ४५ क्याप जितेका छन् ।

सुजलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

उनको अन्तिम खेल पाकिस्तानविरुद्ध काठमाडौंमा सन् २०२२ मा भएको मैत्रीपूर्ण खेल रह्यो । उनले सन् २०११ मा भुटानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलबाटै नेपालका लागि डेब्यु गरेका थिए ।

उनले सन् २०१९ मा म्यानमारविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाली टिमको नेतृत्व पनि गरेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टिमको जर्सी लगाउन पाउनु पनि मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरेँ । अब पालो नयाँ पुस्ताको हो ।’

दुईपल्टको सहिद स्मारक लिग ए डिभिजन च्याम्पियन मछिन्द्रका कप्तानसमेत रहेका सुजल अस्ट्रेलिया जान लागेका छन् । पछिल्लो समय विदेश पलायन हुने खेलाडीको सूचीमा उनी पनि थपिएका हुन् । लिगका पाँचौं चरण पुग्दा उनले क्लब छाडेर अस्ट्रेलिया जाने निर्णय गरेका हुन् ।

प्रकाशित : चैत्र ९, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?