कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनिशालाई महिला एकलमा स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर पिङपोङ भ्याली क्लब (केपीभीसी) की रोनिशा महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार स्वर्ण जितेकी छन् ।

रोनिशालाई महिला एकलमा स्वर्ण

सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा रोनिशाले अस्मिता स्कुलकी योङ्गी पौडेललाई ४–३ को सेटमा पराजित गरिन् । एएनएस १९८० क्लबकी अंकिता वज्राचार्य तेस्रो भइन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा केपीभीसीका जगदीश्वरप्रसाद जोशी पहिलो भए । उनले फाइनलमा एपीएम क्लबका रोशन प्रधानलाई ३–० को सोझो सेटमा हरायो । एपीएमका सुमन खड्गी र खोल्छा पुखु क्लबका धर्मेन्दराज शाक्य संयुक्त रूपमा तेस्रो बने ।

प्रतियोगिताको वाग्गमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले उद्घाटन गरे । ११ स्पर्धा समावेश प्रतियोगितामा करिब १ सय ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सुमन खड्गी, प्रायोजकमा नदिमरत्न शाक्य, मेटल सापर्स र सम्झना ल्याबोरेटरी, सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ, खेल सामग्री पार्टनर डीएचएस र पोसाक पार्टनरमा लिनिङ छन् ।

प्रकाशित : फाल्गुन २३, २०७९ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?