कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

भ्याली पब्लिक र गोल्डेनपिक फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — भ्याली पब्लिक र एचएचसीए दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ फाइनल पुगेका छन् । भ्याली पब्लिकले आयोजक भद्रकालीलाई ३७–२७ स्कोरले पराजित गर्‍यो । भ्यालीका मुस्कान गुरुङ र अनिता गुरुङले ११–११ स्कोर योगदान गरे । प्रतिमा लामाको १४ स्कोरमा एचएचसीएले ग्रिनल्यान्डलाई २२–१६ ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ४९–३४ र गोल्डेनपिकले सेबलाई ४९–३५ ले पाखा लगाउँदै फाइनल सुरक्षित गरेका छन् । भ्यालीका छिरिङ लामाले २१ र गोल्डेनपिकका सुविन तामाङ १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले एन्जल्स हार्टलाई १६–१२ र स्किब्सले भ्याली पब्लिकलाई २५–२३ ले हराएर फाइनलमा स्थान बनाए । गोल्डेनपिकका अमन गुरुङ र स्किब्सका अनुज लिम्बूले ७–७ स्कोर जोडे ।

ज्ञान निकेतन कप सुरु

आयोजक ज्ञान निकेतन स्कुल बिहीबार २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगितामा बिहीबार विजयी भएको छ ।

ज्ञान निकेतनले नेरिक एकेडेमीलाई ३४–२७ ले पराजित गर्‍यो । विजेताका तुसार महर्जनले १७ स्कोर गरे । अन्य खेलमा मनास्लुले केएमसीलाई २१–१९, बुद्ध एकेडेमीले काठमाडौं जेभियरलाई ५१–४० तथा एन्जल लर्डले पुष्पबाटिकालाई २६–११ ले हराए । मनास्लुका नरिनसिंह धामीले १७, बुद्ध एकेडेमीका गेलेक छाक्पा शेर्पाले २३ र एन्जल लर्डका रवि कार्कीले ९ स्कोर जोडे ।

जुनियर ब्वाइजमा युनिक नेपालले नेरिकलाई ११–७ र काठमाडौं जेभियरले केएमसीलाई १२–१० ले हराए । युनिकका सजित रिमालले ६ र काठमाडौं जेभियरका सुविन बस्नेतले ९ स्कोर जोडे ।

सिनियर गर्ल्समा इनोभेटिभले मनास्लुलाई १८–१० ले पराजित थगर्दा कोमल विद्याले १३ स्कोर जोडिन् ।

प्रतियोगिताको ज्ञान निकेतनकी प्रिन्सिपल लीला कुँवरले उद्घाटन गरिन् ।

प्रकाशित : फाल्गुन ४, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?