कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली कप विजेतालाई १० लाख

काठमाडौँ — केपी ओली कप राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिता फागुन ११ देखि १७ सम्म राजधानीमा आयोजना हुने भएको छ ।

ओली कप विजेतालाई १० लाख

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा हुने यस प्र्रतियोगिता विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । उपविजेताले ५ लाख रुपैयाँ पाउने छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सात क्लब र एक आयोजक गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । सर्वोत्कृष्ट एक खेलाडीले १ लाख र उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार पाउने संघका अध्यक्ष किरण पौडेलले जानकारी गराए । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताका प्रत्येक खेलको विजेता टोलीले २५ हजार र हरेक खेलको म्यान अफ द म्याचले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदानसहित दशरथ रंगशालामा हुने छ ।

व्यावसायिक फुटबलको प्रवर्द्धनमा केही योगदान गर्न र राजनीतिक दलहरूलाई प्रेरित गर्न आफूहरूले केपी ओली कप गर्न लागेको युवा संघले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?