कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यालेससँग युनाइटेडको बराबरी

एपी

लन्डन — म्यानचेस्टर युनाइटेडको इंग्लिस प्रिमियर लिग उपाधि होडमा बुधबार क्रिस्टल प्यालेसको हातबाट गम्भीर धक्का पुगेको छ । अर्को साता आर्सनलको भ्रमणमा निस्कन अगाडि युनाइटेड १–१ को बराबरीमा रोकिएको हो ।

प्यालेससँग युनाइटेडको बराबरी

सेलहर्स्ट पार्कमा भएको खेलमा युनाइटेड ९० मिनेटसम्म एक गोलले अगाडि थियो र लगातार दसौं जित निस्कने निश्चित देखिएको थियो । तर माइकल ओलिसले फ्रि–किकबाट प्यालेसका लागि सुन्दर गोल गरे ।

युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो । युनाइटेडको ३९ अंक भएको छ भने आर्सनल ४७ अंकमा शीर्ष स्थानमा छ ।

प्रकाशित : माघ ५, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?