कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भक्तपुरमा एस टी-२० क्रिकेट लिग : पुल्चोक र १३ होप्स विजयी

भक्तपुर — भक्तपुरमा बिहीबारदेखि सुरु भएको एस टी-२० क्रिकेट लिगमा पुल्चोक क्रिकेट क्लब र १३ होप्स विजयी भएका छन् । सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा भइरहेको पहिलो खेलमा  टस हारेर ब्याटिङ गरेको किंग्स क्रिकेट क्लब १९.५ ओभरमा ९० रनको योगफलमा समेटियो ।

भक्तपुरमा एस टी-२० क्रिकेट लिग : पुल्चोक र १३ होप्स विजयी

जवाफी ब्याटिंगमा उत्रिएको पुल्चोक क्रिकेट क्लबले १०.५ ओभरमा ९२ रन बनाउँदै ७ विकेटले विजयी बन्यो । उक्त खेलको म्यान अफ द म्याच दीपक भण्डारी घोषित भए ।

दोस्रो खेलमा भने टस जितेर ब्याटिङ गरेको १३ होप्सले निर्धारित २० ओभरमा १३४ रनको योगफल बनायो । १३५ रनको लक्ष्य पछ्याएको नेपाल क्रिकेट स्कुलले २० ओभरमा १२३ रनमात्र बनाउन सक्यो । १३ होप्सले ११ रनले जित हात पार्‍यो । यो खेलको म्यान अफ द म्याच सुमित श्रेष्ठ घोषित भए ।

एस स्पोर्टस् एन्ड इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा ८ टिम सहभागी छन् । नगद पुरस्कार र विभिन्न पदक राखिएको प्रतियोगिता माघ ४ सम्म चल्ने आयोजक प्रमुख सर्वोच्च बस्नेतले जानकारी दिए । यो टुर्नामेन्टमा राष्ट्रिय खेलाडीसहित हरेक टिममा नयाँ खेलाडी सहभागी छन् ।

प्रकाशित : पुस २८, २०७९ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?