कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिजीलाई छावा फुटबलको उपाधि

विमल खतिवडा

सौराहा — १२ औं चितवन हात्ती महोत्सवमा आयोजित छावा फुटबलको उपाधि सिजी फुड्सले जितेको छ । बाघमारा मध्यवर्ती वनको चौरमा बुधबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नबिल बैंकलाई पराजित गर्दै सिजीले उपाधिमाथि कब्जा जमाएको हो ।

सिजीले नबिललाई २–० ले पराजित गर्‍यो । सिजीका तर्फबाट सौराहा गजले खेल सुरु भएको ४८ सेकेन्डमा गोल गर्दै टिमलाई बलियो बनायो । दर्शक भरिभराउ थिए ।

स्वदेशी तथा विदेशी दर्शक छावा फुटबलमा रमाए । नबिल बैंकबाट खेलेको चुरिया गजले आत्मघाती गोल गर्दा भने केही समय दर्शक स्तब्ध बने । दर्शक फरक/फरक टिमका समर्थक बनेर खेल हेर्न व्यस्त देखिन्थे ।

अघिपछि ३० मिनेट खेलाइने गरिएको भए पनि बुधबार दर्शकको चाप बढेसँगै आयोजकले ४० मिनेट समय निर्धारण गरी फुटबल खेलाएका थिए । दुवै टिमबाट हात्ती प्रजनन केन्द्रका ४/४ वटा छावा हात्ती सहभागी थिए ।

 छावा हात्तीले घम्साघम्सी गर्दै बल प्रहार गर्दा दर्शक एकोहोरो ताली बजाउँदै रमाइरहे । फुटबल हेर्न विभिन्न जिल्लादेखि कार्यालय प्रमुखसमेत उपस्थित थिए । फुटबल मैदान दर्शकले घेरिएको थियो । त्यस्तै टिकटको व्यवस्था गरिएको प्यारापिटमा समेत दर्शक भरिभराउ थिए । छावा फुटबलमा ४ टिम सहभागी थिए ।

प्रकाशित : पुस १६, २०७२ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?