कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फियोरेन्टिना शीर्षस्थानमा

एएफपी

मिलान — निकोला कालिनिचले ह्याट्रिक गरेपछि फियोरेन्टिनाले आइतबार इटालीको सिरी ‘ए’ मा इन्टर मिलानलाई ४–१ ले हरायो । फियोरेन्टिना यस जितले अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

फियोरेन्टिना शीर्षस्थानमा

सन् १९९९ यता पहिलोपल्ट फियोरेन्टिना लिग तालिकाको पहिलो स्थानमा पुगेको यो पहिलोपल्ट हो । यसले लिगको होड पनि खुला भएको छ ।

सन् २०१० मा तीन उपाधि जितेयता इन्टरले लिग जितेको छैन । लिगमा राम्रो सुरुआत लिएको इन्टरले पाँच चरणका खेलको समाप्तिमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्समाथि दस अंकको अग्रता खोलेको थियो । युभेन्ट्सले आफ्नो छ खेलमध्ये एकैमा मात्र जित निकालेको छ । यस्तै ऊ दुई खेल बराबरी खेलेर पाँच अंकमा कायम छ ।
इंग्ल्यान्ड
लन्डन– योहान काबये पेनाल्टीबाट ७१ औं मिनेटमा निर्णायक गोल गरेपछि इङलिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले वाटफोर्डलाई आइतबार १–० ले हरायो । जितले प्यालेस अंक तालिकाको छैटौं स्थानमा उक्लिन पनि सफल भएको छ । गत सिजन बढुवा पाएको वाटफोर्डले यसपल्ट आफ्नो घरेलु मैदान भिकारेज रोडमा गोल खाएको पनि यो पहिलोपल्ट हो ।

प्रकाशित : आश्विन १२, २०७२ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?