कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सेवाग्राहीसँग घुस लिने जलाधार व्यवस्थापन अधिकृत अख्तियारको नियन्त्रणमा

कैलाली — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । 

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण भन्दै सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घुस लिएको पाइएपछि अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालञ्जको टोलीले पाललाई बुधबार नियन्त्रणमा लिएको हो ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पालको साथबाट स्रोत नखुलेको १ हजार ५ रुपैयाँसमेत बरामद गरिएको छ । उनीमाथि अनुसन्धान भइरहेको छ।


प्रकाशित : वैशाख ५, २०८१ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?