निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सयले सेवा लिए
दार्चुला — जिल्लाको दुर्गम अपीहिमाल गाउँपालिकामा चार दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर संचालन भएको छ । अपीहिमाल गाउँपालिकाको सहयोगमा नेपाल फार्मेसी संघ र सिपी अस्पताल धनगढीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर संचालन गरिएको हो ।
शिविरबाट करिब सात सय जनाले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् । तीन जना डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँपालिकाका विभिन्न ठाउँहरुमा निःशुल्क रुपमा स्वास्थ्य शिविर संचालन गरेको संयोजक नविन धामीले बताए ।
दुर्गम गाउँका विभिन्न चार ठाउँमा निःशुल्क शिविर संचालन गरिएको उनले बताए । शिविरमा दुई सय २९ महिला र चार सय ६५ जना पुरुषले विभिन्न प्रकार स्वास्थ्य सेवा लिएका छन् । शिविरमा महिला रोग सम्बन्धी विषेश उपचार तथा परामर्श सेवा, दन्त उपचार सेवा र अन्य सामान्य चेकजाच र विभिन्न रोगहरु तथा स्वास्थ्य हेरचाह, खानपिनका बारेमा परामर्श दिइएको छ ।
प्रकाशित : वैशाख ५, २०८१ १५:४०