कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सरकारबारे निर्णय गर्न टीकापुरमा नागरिक उन्मुक्तिको बैठक बस्दै 

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारबारेमा निर्णय गर्न नागरिक उन्मुक्ति पार्टी केन्द्रीय समितिको बैठक बुधबार टीकापुरमा बस्दैछ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका अनुसार बैठकले प्रदेश सरकारबारे पार्टीको धारणा तय गर्ने छ । 

प्रदेश सरकारबारे निर्णय गर्न टीकापुरमा नागरिक उन्मुक्तिको बैठक बस्दै 

नागरिक उन्मुक्ति पार्टीभित्र कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेशको वर्तमान सरकारलाई समर्थन गर्ने या केन्द्रीय तहमा गठित नयाँ समिकरण अनुसार सरकार गठन गर्ने भन्नेमा फरकफरक धारणाहरु सार्वजनिक हुँदै आएका छन् ।

अध्यक्ष रञ्जिता चौधरी नयाँ समिकरणको पक्षमा छिन् भने संरक्षक रहेका रेशम चौधरीले कांग्रेस नेतृत्वकै वर्तमान सरकारलाई समर्थन गरेर जानुपर्नेमा धारणाहरू सार्वजनिक गर्दै आएका थिए ।

पार्टीका संरक्षक रेशम चौधरी देश बाहिर रहेका बेला बैठक बस्न लागेको हो । नयाँ गठबन्धनका शीर्ष नेताहरुले सुदूरपश्चिम सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिन सकिने विकल्पमा सहमत भइरहेको बताइन्छ । सुदूरपश्चिममा जुनसूकै सरकार बन्न नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

प्रकाशित : चैत्र १४, २०८० ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?