१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

घर जल्दा ४ महिने शिशुको मृत्यु

मनाेज बडु

दार्चुला — नाैगाड गाउँपालिका-३ हापरीनजिकै एक घरमा आगलागी हुँदा चार महिने शिशुकाे मृत्यु भएकाे छ ।

बुधबार साँझ साढे ७ बजेतिर स्थानीय रणवीर टमटाको घरमा आगलागी हुँदा उनका ४ महिनाका छोरा विजयप्रकाशकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द भण्डारीले बताए ।

विद्युत सर्ट भएर घरमा आगाे लाग्दा टमटाकाे दुई तले ६ कोठे घर जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै जलेकाे प्रहरी निरीक्षक भण्डारीले बताए ।

प्रकाशित : पुस ११, २०८० २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?