कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बैतडीमा युवक मृत फेला

मनोज बडु

दार्चुला — बैतडीको दोगडाकेदार गाउँपालिका–४ युवक मृत फेला परेका छन् । मल्लीओढार बस्ने अन्दाजी २३ वर्षीय तर्कराम महर शुक्रबार बिहान १० बजेतिर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक महरको घरबाट करिब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् ।

मृतकका भाइ कृष्णरामले झुण्डिएको अवस्थामा दाइलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए । तर घरमा पुर्‍याउँदा उनको मृत्यु भइसकेको बैतडी प्रहरीका प्रवक्ता खेमविक्रम केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १, २०८० १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?