१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

भर्‍याङबाट लडेर वृद्वाकाे मृत्यु

मनाेज बडु

दार्चुला — शैल्यशिखर नगरपालिका-९ गाजरीमा भर्‍याङबाट लडर वृद्वाको मृत्यु भएको छ । शुक्रबार बिहान आफ्नै घरको भर्‍याङबाट खसेर स्थानीय ७० वर्षीया कलावती महरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहानै आफ्नै घरको सिढी (भर्‍याङ) बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए । घटनाबारे बुझ्न प्रहरी वृद्वा लडेको घरमा खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०८० ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?