कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

पहिरोले केआईसिंह राजमार्ग अवरुद्ध

डीआर पन्त

धनगढी — अविरल वर्षापछि पहिरो जाँदा सुदूर पहाडका तीन जिल्ला जोड्ने केआईसिंह राजमार्ग शनिबार रातिदेखि अवरुद्ध भएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार केआईसिंह राजमार्गको डडेलधुरा सडक खण्डमा पर्ने रडुवामा पहिरो जाँदा शनिबार रातिदेखि डोटी, अछाम र बाजुरा जोड्ने यातायात सेवा अवरुद्ध भएको हो ।

गन्यापधुरा गाउँपालिका–२ को रडुवाको माथिबाट पहिरो झर्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । निरन्तर वर्षाले राजमार्ग सफा गर्ने काम सुरू हुन सकेको छैन । शनिबार तराईका कैलाली कञ्चनपुरबाट गएका धेरै सवारीसाधन डडेलधुरा क्षेत्रमै रोकिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र २४, २०८० ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?