कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

वन्यजन्तुलाई थापेको विद्युतीय धरापमा परी महिलाको मृत्यु

डीआर पन्त

धनगढी — जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परी धनगढी उपमहानगर ३ की ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

उपमहानगर ३ स्थित होल्डिङ सेन्टर नजिकै थापेको विद्युतीय धरापमा परेर स्थानीय मन्जु कुंवरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले विद्युतीय धराप थाप्ने स्थानीय जंगलीया चौधरीलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेका चौधरीले जंगली जनावरलाई लक्षित गरेर धराप थापेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बस्यालले घटनाका विषयमा थप अनुसन्धान भइरको बताए ।

प्रकाशित : भाद्र १९, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?