कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

सत्ता र भागबन्डामै केन्द्रित सुदूरपश्चिम सरकार

९ महिनामा एउटा पनि विधेयक आएन
डीआर पन्त

धनगढी — गठन भएको ९ महिनासम्म पनि सुदूरपश्चिम प्रदेशसभा सत्ता र भागबन्डामा मात्र अल्झिएको छ । २२ पटक प्रदेशसभा बैठक बसे पनि अहिलेसम्म प्रदेशसभाले एउटा पनि विधेयक ल्याउन सकेको छैन ।

सत्ता र भागबन्डामै केन्द्रित सुदूरपश्चिम सरकार

‘प्रदेशसभा ठप्पजस्तै छ,’ सांसद तारा जोशीले भने । २२ वटा बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सभामुख–उपसभामुख चयन गर्ने र बजेट पारित गर्नेबाहेक केही पनि हुन नसकेको उनले बताए । सांसद जोशीले भने ‘सरकार असक्षम र माथिबाट निर्देशितमात्र भयो । आफ्नो बुद्धि र विवेकले केही पनि गर्न नसक्ने भएकाले प्रदेशसभा बिजनेसविहीन भएको हो ।’

पुस १८ गते प्रदेशशभाको पहिलो बैठक बसेको हो । एमालेले गठन गरेको सरकारले विश्वासको मत पाउन नसकेपछि कांग्रेसको नेतृत्वमा सरका गठन भएको ८ महिना पुगिसक्दा पनि अहिलेसम्म शत्ता गठवन्धनमा भागबन्डा नै मिल्न सकेको छैन । संसद्का सबै विषयगत समितिले नेतृत्व पाउन सकेको छैन ।

भागबन्डा मिलाउन ४ वटा विषयगत समितिलाई टुक्र्याएर ६ वटा समिति बनाउने तयारी गरिएको छ । समितिका सभापतिमा समेत अहिलेसम्म गठबन्धनभित्र सहमति हुन सकेको छैन ।

‘विषयगत समिति टुक्रयाउन बनाइएको समितिमा मलाई पनि राखिएको रहेछ,’ स्वतन्त्र सांसद जोशीले भने, ‘समितिले छलफल सुरु गरिसक्दा मैले जानकारीसमेत पाएको छैन ।’ ऐन नियमावली संशोधन पनि भागबन्डाका लागि मात्र हुन लागेको हो,’ उनले भने, ‘सरकार कुनै पनि कोणबाट काम गर्न सक्ने देखिएन ।’ सत्ता साझेदार दलहरूमा सामान्य निर्णयका लागि पनि पार्टीको केन्द्रीय नेतृत्वलाई गुहार्ने र माथिबाट आएको निर्णयमात्र गर्ने प्रवृत्तिले प्रदेशसभा नाममात्रको सभा भएको सांसदहरूले गुनासो गरेका छन् ।

प्रकाशित : भाद्र १३, २०८० ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?