कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरी बलात्कार आरोपमा पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरमा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १९ वर्षीय पारस ठकुरी देउवालाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । 

किशोरी बलात्कार आरोपमा पक्राउ

किशोरीलाई बिहीबार राति घरबाट बोलाएर जबरजस्ती गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए । उनका अनुसार पक्राउ परेका देउवा र किशोरीको सामाजिक सञ्जाल फेसबुकबाट परिचय भएको थियो । त्यही आधारमा घरबाट बोलाएर बलात्कारको घटना भएको डाँगीले बताए ।

पीडित किशोरीका अभिभावकले शुक्रबार बिहान जाहेरी दिएका हुन् । त्यसकै आधारमा देउवा पक्राउ परेका हुन् । देउवालाई सघाउने अन्य व्यक्तिसँग पनि सोधपुछ भइरहेको डाँगीले बताए ।

प्रकाशित : वैशाख १५, २०८० १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?