कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्ववियु निर्वाचन

दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी निर्वाचित

मनोज बडू

दार्चुला — सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का साझा उम्मेदवार कृष्ण धामी विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार भानबहादुर पाललाई ६९ मतले पराजित गरेका हुन् ।

दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी निर्वाचित

हिजो राति अबेर सम्पन्न मत गणना अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धामीले कुल खसेको मतको दुई ७५ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी पालले दुई सय ६ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, स्ववियुको सचिवमा नेविसंघका जवनसिंह डडाल २ सय ५३ मतसहित विजयी भएका छन् । डडालका प्रतिद्वन्द्वी अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धनसिंह धामीले २ सय ४० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा भने साझा उम्मेदवार अनेरास्ववियुकी मनिषा डडाल विजयी भइन् । उनले २ सय ७० मत ल्याइन भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका विजया जोशीले २ सय १६ मत ल्याएको निर्वाचन समिति संयोजक धाना धामीले जानकारी दिइन् ।

यसैगरी समानुपातिकतर्फ भने नेविसंघ अगाडि देखिएको छ । समानुपातिकमा ५ सय मत खसेको त्यसमध्ये ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । जसमध्ये नेविसंघले दुई सय ५ मत पाउँदा अनेरास्ववियुले एक सय ५२ र अखिल क्रान्तिकारीले एक सय ३९ मत प्राप्त गरेका छन् ।

दार्चुलामा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त प्यानल खडा गर्दै चुनाव लडेका थिए भने नेविसंघ एक्लै प्रतिस्पर्धामा थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस गोकुलेश्वर बहुमुखीमा सहमतिमै स्ववियु नेतृत्व चयन गरिएको छ । त्यहाँ अनेरास्ववियु क्रान्तिकारीका नवीन विष्ट अध्यक्ष रहने गरी नेतृत्व चयन गरिएको हो ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?