ज्येष्ठ नागरिकलाई कम्बल वितरण- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

कान्तिपुर संवाददाता

काठमाडौँदार्चुला — अपी हिमाल गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो लुगा कम्बल वितरण गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले ३ सय ८० ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको जनाएको छ ।

अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले पालिकाभरिका ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई कम्बल विरतण गरिएको बताए । उनले सोमबार १ र २ वडाका ९२ ज्येष्ठ नागरिकलाई कम्बल विरतण गरेको जनाए ।

गाउँपालिकाका ६ वटै वडाका ३ सय ८० जनालाई कम्बल विरतण गरिएको छ । चालु आर्थिक वर्षबाट लागू भएको ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको अपी हिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले बताए ।

कार्यक्रमका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिले जिल्लाका अन्य ठाउँमा गर्मी मौसम बढेको भए पनि अपी हिमाल गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा चिसो नघटेकाले कम्बल विरतण गरिएको गाउँपालिकाका अध्यक्ष ठेकरेले बताए ।

प्रकाशित : चैत्र २, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

निर्णायक खेलमा यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बिहीबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । 

यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले बिहीबार यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । खेल सुरु हुनभन्दा पहिले मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति भइसकेको छ ।

प्रकाशित : चैत्र २, २०७९ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×