कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठ विजयी

काठमाडौँ — उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलबाट वीरेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक प्यानलबाट उठेका भरतकुमार बस्नेतलाई १ सय ३५ मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । 

उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठ विजयी

संयुक्त व्यावसायिक प्यालनका श्रेष्ठले ७ सय ७० र बस्नेतले ६ सय ३५ मत ल्याएका थिए । एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र चन्द समूहको संयुक्त व्यावसायिक र कांग्रेस, राप्रपाको संयुक्त लोकतान्त्रिक प्यानलबीच उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा प्रतिस्पर्धा भएको थियो ।

निर्वाचन अधिकृत बिरबहादुर सेजवालका अनुसार निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रकुमार थापा ८५५, वाणिज्य उपाध्यक्षमा राजेन्द्रबहादुर भण्डारी ९४५, उद्योग उपाध्यक्षमा पलविर नेपाली ७३६, महासचिवमा मोहन सारु ८६०, सचिवमा रनबहादुर खडका ७८५ र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले ८५६ मत ल्याएर विजयी भएका थिए ।

निकटतम प्रतिद्वन्द्वी संयुक्त लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धीरज केसीले ५१०, वाणिज्य उपाध्यक्षमा चन्द्रबहादुर बुढाले ४१३, उद्योग उपाध्यक्ष हपिस भण्डारीले ६२७, महासचिवमा मानबहादुर ओलीले ५०१ , सचिवमा इन्द्रा भण्डारीले ५७१ र कोषाध्यक्षमा कमल घर्तीले ४६५ मत ल्याएका निर्वाचन अधिकृत सेजवालले बताए ।

सदस्यमा संयुक्त व्यावसायिक प्यानलबाट हिरा चन्द , विमला गिरी, गीता घर्ती, प्रकाश परियार, हरिबहादुर गुरुङ, मुस्तफा मियाँ, गोफलो ओली, चन्द्रबहादुर राना, वीरजंग ओली, छविलाल बिसी, बिरबहादुर डाँगी, लिलाधर शर्मा, टोपबहादुर ओली र लालबहादुर खत्री विजयी भएका निर्वाचन अधिकृत सेजवालले जानकारी गराए । शनिबार भएको निर्वाचनमा १ हजार ९ सय २६ मतदाता रहेकामा १ हजार ४ सय ९५ ले मतदान गरेका उनको भनाइ छ ।

प्रकाशित : वैशाख ९, २०८१ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?