कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

अब कर्णाली सरकारको नेतृत्व एमालेले लिनुपर्छ : महासचिव पोखरेल

सुर्खेत — नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णालीमा प्रदेश सरकारको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन् । एमाले सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्न सुर्खेत पुगेका पोखरेलले बदलिँदो राजनीतिक समीकरणसँगै कर्णालीको नेतृत्व एमालेले गर्ने दाबी गरे ।

अब कर्णाली सरकारको नेतृत्व एमालेले लिनुपर्छ : महासचिव पोखरेल

'लामो समयसम्म माओवादीले नेतृत्व गरिसक्यो, अब एमालेको नेतृत्व माआवादीले स्वीकार गर्नुपर्छ,’ उनले भने, 'एमालेको कर्णालीमा परीक्षण हुन बाँकी छ ।'

मधेश र कर्णालीबाहेक बाँकी ५ प्रदेशमा एमालेले सरकारको नेतृत्व गरिसकेको छ । प्रदेश सरकारको नेतृत्वका लागि कर्णालीका नेताहरू केन्द्रमा धाउन आवश्यक नरहेको उनको तर्क थियो । 'कर्णालीमा पनि जनताको रोजाइको पहिलो पार्टी नेकपा एमाले नै हो । जनताको अभिमतका आधारमा हामी कमजोर होइनौँ । राष्ट्रिय राजनीतिमा दोस्रो स्थानमा छौँ । पहिलो पार्टी नेपाली कांग्रेस भन्दा १० सिट कम छौँ । तर, जनताको दृष्टिकोणले, जनताको रोजाइको दृष्टिकोणले हामी काँग्रेसभन्दा माथि छौँ ,' उनले भने।

विगतको गठबन्धन सरकारले नेपालको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई पोषण गर्ने प्रयत्न अपनाएकाले अर्थतन्त्र संकटमा परको उनको भनाइ छ ।

प्रकाशित : चैत्र ८, २०८० १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?