कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीकोटमा डढेलोमा परी घाइते चौलागाईंको पनि मृत्यु

कालिकोट — खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते ५० वर्षीय नन्दराम चौलागाईंको बुधबार दिउँसो मृत्यु भएको छ । 

चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो । उनलाई ४ दिनदेखि आईसीयूमा राखिएको थियो । उपचारका लागि सबै प्रयास गरे पनि सफल नभएको डा. केएन पौडेलले बताए ।

चौलागाईंको बिहीबार सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हिरामणि चौलागाईंले जानकारी दिए । आगोमा जलेर घाइते भएकी उनकी १२ वर्षीया छोरी हेमन्तीको सोमबार दिउँसो मृत्यु भएको थियो ।

शुक्रबार घर मुनिको वनमा गोठालो गएका बुबालाई दिउँसोको खाजा रोटी पुर्‍याउन गएकी हेमन्ती र उनका बुबा आगोमा जलेर घाइते भएका थिए । उनीहरुका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।

घाइते दुवै बाबुछोरीलाई शनिबार बेलुकी हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो ।

प्रकाशित : चैत्र ७, २०८० २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?