रारा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघ विजयी- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रारा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघ विजयी

कान्तिपुर संवाददाता

मुगु — मुगुको रारा बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका राज तामाङ विजयी भएका छन् । उनले १ सय १७ मत प्राप्त गरी स्ववियु अध्यक्षमा पदमा विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी बैदेवी बुढाले ७२ मत ल्याइन् । यस्तै सचिवमा नेविसंघका असल बिक निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् । सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल र सपना रावल विजय भएका छन् ।

रारा बहुमुखी क्याम्पसमा कुल मतदाता संख्या २ सय ६० मध्ये २ सय ७ जना मतदानमा सहभागी रहेको निर्वाचन अधिकृत लालकेशर रोकायाले जानकारी दिए ।

प्रकाशित : चैत्र ५, २०७९ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्

थापाथली र पूर्वाञ्चलमा नेविसंघ, पुल्चोक इन्जिनियरिङमा अनेरास्ववियु निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत थापाथली क्याम्पसमा नेविसंघका पुष्करविक्रम शाही स्ववियु अध्यक्षमा निर्वाचति भएका छन् । भने सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।

यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल अध्यक्ष र सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचति भएको निर्वाचन समितिले जनाएको छ ।

यी क्याम्पसमा विद्युतीय मतदान भएको थियो । यसैबीच पूर्वाञ्चल इन्जिनियरिङमा नेविसंघका नवीन श्रेष्ठ अध्यक्ष र समाजवादी विद्यार्थी युनियनका राजनकुमार श्रेष्ठ सचिवमा निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ २०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×