कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानीभेरीमा मौराखारा गुरिल्ला म्याराथन हुँदै

महेश केसी

रूकुम पश्चिम — सानीभेरी गाउँपालिकामा आगामी फागुन १ गतेदेखि सुरु हुने मौराखारा गुरिल्ला म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ ।

सानीभेरीमा मौराखारा गुरिल्ला म्याराथन हुँदै

गाउँपालिका अध्यक्ष बृखबहादुर विष्टका अनुसार तत्कालीन माओवादी गुरिल्लाहरूले सशस्त्र युद्धताका हिँडेको बाटोमा म्याराथन गर्न थालिएको हो । गाउँपालिकाले म्याराथन कार्यक्रम सञ्चालन निर्देशिका २०७९ जारी गरेर कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष विष्टले गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो खेलको पाँचौं संस्करण भएको बताउँदै गाउँपालिकाका युवा, खेलकुद विकास समितिका भीमप्रकाश विकले बताए । उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुन लागेको यो खेलको दूरी पुरुषका लागि करिब ४८ किलोमिटर र महिलाका लागि करिब ३४ किलोमिटर लामो हुनेछ ।

पुरूष म्याराथनतर्फ प्रथमलाई १ लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार र टप टेनभित्र पर्नेलाई ३ हजार तथा महिला म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार र टप टेनभित्र पर्नेलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक विकले जानकारी बताए ।

प्रकाशित : माघ २५, २०७९ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?