बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ


जुम्ला — जुम्लामा बहुविवाह मुद्दाका फरार प्रतिवादी लक्ष्मी विष्टलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेकाे छ ।
जिल्ला अदालत जुम्लाले २०७८ चैत ११ गते गरेकाे फैसलामा उनलाई १० हजार रूपैयाँ जरिवाना र १० महिना २८ दिन कैद सजायकाे फैसला सुनाएको थियाे ।
पातारासी ६ बस्ने विष्ट फरार सूचीमा रहेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर राेकाया नेतृत्वको सादा पाेशाकमा खटिएकाे प्रहरी टाेलीले चन्दननाथ १ ठिन्केबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
निज प्रतिवादीलाई जिल्ला अदालत जुम्लामा पेस गरिएको जुम्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
प्रकाशित : माघ १६, २०७९ १६:४९