कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपातले कर्णालीको हवाई सेवा प्रभावित

राजबहादुर शाही

मुगु — कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ ।

हिमपातले कर्णालीको हवाई सेवा प्रभावित

सोमबार रातिदेखि मुगु, हुम्ला, जुम्ला, डोल्पामा हिमपात भएपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्ट लगायत हवाई सेवा अवरुद्ध भएका छन् ।

एक्कासि हिमपात भइ हवाई सेवा बन्द हुदा जिल्लादेखि तराई झर्ने सुर्खेत नेपालगञ्जबाट माथि जिल्लातिर जाने यात्रुहरु अलपत्र परेका छन् ।

हुम्ला सिमकोट विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेको अझै आउने क्रम जारी रहेको हुँदा मंगलबार सुर्खेत नेपालगञ्जदेखि कुनै पनि हवाई उडान नभएको निमित्त विमानस्थल प्रमुख चेतराज भट्टले जनाए । मौसम सफा भएपछि एयरपोर्टमा जमेको बाक्लो हिउँ पन्छाएर अनि मात्र जहाज चल्ने उनको भनाइ छ ।

मुगुको रारा विमानस्थलमा पनि आधा फिट हिउँ जमेपछि सुर्खेत नेपालगञ्जदेखि नियमित उडान नभएको नागरिक उड्डयन प्राधिकरण ताल्च राराले जनाएको छ ।

सुर्खेत नेपालगञ्जतिर जान एयरपोर्टमा आएका यात्रुहरु घर फर्किन बाध्य भएका छ । यता जुम्ला विमानस्थलमा पनि ५ इन्च भन्दा बढी हिउँ जमेपछि हवाई सेवा प्रभावित भएको छ । डोल्पामा पनि हिमपातले गर्दा हवाई सेवा प्रभावित भएको छ ।

अघिल्लो पटकको हिमपातले हुम्लामा एक दिन हवाई सेवा बन्द भएको थियो भने मुगु, जुम्ला, डोल्पामा यो वर्षकै पहिलो पटक हिमपातले गर्दा हवाई सेवा बन्द भएको छ ।

प्रकाशित : माघ १०, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?